त्यसै पनि हलिउड गायिका रिहान्ना कम पहिरन लगाएर चर्चित छिन् । भर्खरै मात्र सम्पन्न एउटा फोटोसेसनमा त उनले निकै कम पहिरन लगाएकी छिन् । भनिन्छ, उक्त फोटो सेसनमा रिहान्नाले एउटा रबरको आउटफिट मात्र लगाएकी थिइन् । त्यो आउटफिट पनि उनको शरीरको पछिल्लो भाग ढाक्न मात्र प्रयोग गरिएको छ, शरीरका बाँकी भाग खुलै छन् । त्यसो त रिहान्नाले यस्तो फोटोसेसन गरेको यो पहिलो अवसर भने होइन । यसअघि पनि उनले कम पहिरनमा फोटोसेसन गराइसकेकी छिन् । संगीत क्षेत्रमा जति नै ख्याति आर्जन गरे पनि फोटोसेसनमा कम पहिरन लगाउने सौखका कारण उनी बेला-बेलामा आलोचनाको सिकार पनि भैरहन्छिन् ।