Advertise 715:28 here

CLICK TO EARN

Follow Our Steps - NetIncomeSolutions.com

EARN MONEY

Blogger Buzz

'नाइ नभन्नु ल' प्रदर्शन सुरु

विराटनगर, भाद्र ४ - चलचित्र 'नाइ नभन्नु ल' को प्रदर्शन शुक्रवारदेखि राजधानीलगायत मुलुकका विभिन्न १८ स्थानमा एकैसाथ सुरु भएको छ ।

रमेशजंग रायमाझी निर्माता, विकाश आचार्य निर्देशक रहेको चलचित्र प्रेममा वियोगको कथामा आधारित छ । विराटनगरको हिमालय हलमा निर्माता रायमाझी, नायक-नायिका जीवन लुइँटेल र ऋचासिंह ठकुरीले दर्शकसँगै बसेर पहिलो सो हेरे ।

निर्माता रायमाझीका अनुसार राजधानीसहित पोखरा, बुटबल, धनगढी, नेपालगञ्ज र विराटनगरलगायत विभिन्न १८ स्थानमा एक साथ प्रदर्शन थालिएको हो । उनले भने 'हामीले पहिलो पि्रमियर अष्टे्रलियामा र दोस्रो विहीवार काठमाडौंमा गरेका थियौं । फीडब्याक राम्रो छ ।'

नवोदित कलाकारको बाहुल्य रहेको उक्त चलचित्रमा लुइँटेल, ठकुरी, सुमन सिंह, मिथिला शर्मालगायतले अभिनय गरेका छन् ।