नायिका किम करदासिया हलिउडकै सुन्दर नायिका हुन् । उनको सौन्दर्यको प्रशंसा गर्नेहरूमा युवा दर्शक अग्रपंक्तिमा छन् । किमलाई कामुक नायिका भन्नेहरू पनि प्रशस्तै छन् । रमाइलो कुरा के छ भने यी रियालिटी स्टार आफूलाई कामुक मान्दिनन् । ३० वर्षीया किम भन्छिन्- 'विश्वकै कामुक स्टारको उपाधि पाए पनि वास्तवमा म कामुक छैन ।' उक्त उपाधिलाई आफ्नो आत्मविश्वास बढाएको कुरा भने उनी स्वीकार गर्छिन् । 'मानिसहरू मलाई कामुक नायिका भन्छन्,' किम भन्छिन्- 'यो कुराले मलाई मजबुत बनाउँछ, तर म आफूलाई त्यति कामुक मान्दिनँ, जति मानिसहरू मान्छन् ।' किमले आफ्नो व्यक्तित्वका बारेमा जे-जस्तो प्रतिक्रिया जनाए पनि विश्वभरिका दर्शकले उनलाई कामुक नायिका मान्न छाडे का छैनन् ।
एसियाका सबैभन्दा कामुक पुरुष
एसियाका सबैभन्दा कामुक पुरुषका सम्बन्धमा चर्चा गर्दा बलिउड स्टारहरू जोन अब्राहम, ऋतिक रोशन, सलमान खानदेखि आर एन्ड बी स्टार जे सिनसम्मको छवि मस्तिष्कमा आउनु स्वाभाविक हो, तर यस पटक भने लन्डनबाट प्रकाशित हुने इस्टर्न आई नामक साप्ताहिक प्रकाशनले गरेको सर्वेक्षणअनुसार अभिनेता रणवीर कपुर एसियाका सबैभन्दा कामुक पुरुषका रूपमा पहिलो स्थानमा छन् । उनी पछाडि क्रमशः जोन अब्राहम, ऋतिक रोशन, आर एन्ड बी स्टार जे सिन, पाकिस्तानी गायक अलि जफर टप फाइभभित्र परेका छन् ।
सोनम कपुर उदार हुँदैछिन् साँवरिया गर्ल सोनम कपुर अब सालिन ब्युटि नभएर बोल्ड एन्ड हट बन्न चाहन्छिन् । आफ्नो साधारण र शालिन शैलीबाट बोर भएकीले उनी नयाँ लुकमा देखा पर्न आतुर देखिएको स्रोतले जनाएको छ । परिणामस्वरूप उनी हिजोआज ग्ल्यामरस गेटअपमा देखा पर्न थालेकी छिन् । यतिमात्र नभै बोल्ड हुने क्रममा मिस कपुरले यौन र महिलाका अन्तरंग विषयमा पनि खुलेर कुरा गर्न थालेको स्रोतले उल्लेख गरेको छ ।
५० वर्षमा विवाह ? 
हलिउड नायिका वालेरी बेर्टीनेल्लीले ५० वर्षको उमेरमा विवाह गरेर आफ्ना समकालीन कलाकारलाई मात्र होइन, आमदर्शकलाई समेत अचम्ममा पारेकी छिन् । उनले क्यालिफोर्नियामा आयोजित एउटा निजी समारोहमा प्रेमी टक वितालेसँग विवाह गरेकी हुन् । पिपुल डटकमले जनाएअनुसार यो उमेरमा विवाह गर्न पाउँदा वालेरी असाध्यै खुसी छिन् । वालेरी तथा ४९ वर्षीय वितालेले करिब एक सय पाहुनाको उपस्थितिमा एक-अर्कालाई जीवनभरि साथ दिने कसम खाएका थिए । वैवाहिक समारोहमा वालेरीका पूर्वश्रीमान् एडी वान हेनेल तथा १९ वर्षीय छोरा बुल्फी पनि सहभागी थिए ।
सेल की सौखिन 
ओस्कार एवार्ड विजेता नायिका हिलारी स्वाङ्कले आफ्नो किनमेल गर्ने बानीसम्बन्धी नयाँ कुरा सार्वजनिक गरेकी छिन् । हिलारीलाई महँगा डिर्पाटमेन्टल स्टोरमा गएर महँगोमा किनमेल गर्न मन लाग्दैन । हिलारी भन्छिन्- 'मैले पैसाको महत्त्व बुझेकी छु, त्यसैले म प्रायः 'सेल' मा किनमेल गर्न मन पराउँछु ।' एउटा वेबसाइटले जनाएअनुसार ३६ वर्षीया यी नायिकाको पालन-पोषण मध्यमवर्गीय परिवारमा भएकाले पैसाको अभाव कस्तो हुन्छ भन्ने कुरा उनले राम्रोसँग बुझेकी छिन् । 'त्यसैले म सेलमा उपलब्ध हुने छुटको सदुपयोग गर्छु', हिलारी भन्छिन्— 'किनमेल गर्ने क्रममा म आफू र आफ्नो परिवारका लागि कसरी र कहाँ पैसा खर्च गरिरहेकी छु भन्ने कुराको पनि जानकारी राख्छु ।'
जन्मदिन बन्यो अविस्मरणीय आफ्नो जन्मदिनमा अभिनेत्री समिरा रेड्डीले आफूले कल्पना नगरेको उपहार प्राप्त गरेकी छिन् । आफ्नो अभिभावकसित जन्मदिन मनाएकी समिराले यस पटकको जन्मदिनको उपहारका रूपमा सेतो रंगको बीएमडब्लु फाइभ सिरिजको कार प्राप्त गरेकी छिन् । उनका अभिभावकले उक्त कारसहित उनलाई पोस् र डिलक्स फ्ल्याट समेत दिएका छन् । जन्मदिनकै अवसरमा निर्देशक प्रियदर्शनले अभिनेत्री समिरालाई अभिनेता अजय देवगणसितको नयाँ हिन्दी चलचित्रका लागि अनुबन्ध गरेका छन् ।