Advertise 715:28 here

CLICK TO EARN

Follow Our Steps - NetIncomeSolutions.com

EARN MONEY

Blogger Buzz

Showing posts with label Sexy bollywood actor get married. Show all posts
Showing posts with label Sexy bollywood actor get married. Show all posts

मनीषाको हनिमुनमा ँरेसम फिरिरी’

गैरआवासीय संघ -एनआरएन) फिनल्यान्डले आयोजना गरेको नेपाल पर्यटन वर्ष-२०११ को प्रवर्द्धन कार्यक्रममा बलिउड अभिनेत्री मनीषा को इरालाले नेपालीपन झल्काइन् । फिनल्यान्डमा छरिएर रहेका लगभग १ हजार नेपालीमध्ये धेरैले मनीषासँग भेट्ने इच्छा जनाए पनि अत्यन्त छोटो समयमा कायर् क्रम निर्धारण भएको हुँदा फिनिस मिडिया र एनआरएनका कमिटी सदस्यहरूको सानो अन्तक्रिर्या कार्यक्रम मात्र सम्भव भएको थियो ।

फिनल्यान्डको उत्तरी भागमा हनिमुन मनाएर राजधानी हेलसिन्की आउने क्रममा उडान ढिला भएपछि जुलाई २९ बिहीबार साँझ ९ बजे हुने भनिएको कार्यक्रम १० बजे मात्र प्रारम्भ भएको थियो । मनीषाले मिडियाका सामु आफू नेपाली भएकोमा गर्व व्यक्त गर्दै सबैलाई नेपाल पर्यटन वर्ष-२०११ को उपलक्ष्यमा यो सुन्दर देशको भ्रमण गर्न निम्ता गरिन् । कार्यक्रममा प्रथम फिनिस सगरमाथा महिला आरोही करिना राइहाले सगरमाथा आरोहणको अनुभव सुनाउँदै नेपाल पर्यटन वषर् को सफलताको कामना गरिन् ।

मिडियाबाट टाढा रहन रुचाउने सम्राट दाहालले यहाँ भने जोसिलो अभिव्यक्ति दिँदै सबैको मन जितेका थिए । 'गृहयुद्ध भएका धेरै देश माथि उठेर विकास गरेका छन् भने हामीहरू पनि गर्न सक्छौं' भन्दै सम्राटले वषर्ा नभएको बेला दिनमा १६ घण्टासम्म लोडसेडिङ हुने देशमा आफ्नो प्रोजेक्टले कसरी काठमाडौंको फो होरबाट ऊर्जा निकाल्छ भन्ने कुरा बताएका थिए । विदेशमा पढेर नेपालमा फर्किएका सम्राटले भने- 'सबैले सीप सिकेर देश र्फकनुपर्छ ।'

तपाईंको अहिलेसम्मको सबैभन्दा अविस्मरणीय क्षण के हो ? भनेर सोधिएको प्रश्नमा मनीषाले आफू हजुरबुबा बीपी कोइरालाको आदर्शबाट प्रभावित भएको र उहाँलाई एक आदर्श नेताका रूपमा हेर्ने कुरा बताइन् भने महान् नेता बीपी घरमा हजुरआमाको गोडा मोलिदिनुहुन्थ्यो भन्दै उनलाई एक सम्पूर्ण पुरुषको संज्ञा दिइन् ।

मनीषाले नेपाली रेस्टुराँमा नेपाली खाना खाने इच्छा भएको कुरा बताउँदै गुन्द्रुक र तामा पाइन्छ भन्ने प्रश्न गरेर सबैलाई अचम्भित तुल्याइन् । कार्यक्रम सकिएपछि एक जना फिनिसले रेसम फिरिरी गीत सुरु गरेपछि मनीषाले जोसका साथ उनलाई साथ दिँदै अरू पनि नेपाली पुराना गीत गाऊँ भनेर आग्रह गरिन् ।

मनीषाको हनिमुनलाई फिनल्यान्डका मिडियाहरूले राम्रैसँग कभरेज गरेको बेलामा, एनआरएनले उनलाइ भेटघाट र चियापानमा मात्र सीमित नगर्न उनको माध्यमद्वारा नेपालको पर्यटन विकासका लागि फिनिस मिडियामा छाउने प्रयास गरेको थियो ।
Read More......