Showing posts with label google hindi channel. Show all posts
Showing posts with label google hindi channel. Show all posts
बदलिएको संगीत स्वाद
Posted on 2:31 PM
Labels:
google hindi channel
,
Hit F.M. live
,
Kantipur F.M. Kantipur Fm live
,
Kantipur News
,
Nepali music online
काठमाडौ, श्रावण १४ - तपाईको पहिलो वाकम्यान कस्तो थियो भन्ने याद छ ?
डिजे विमानलाई छ ।
'सोनी ब्रान्ड, कालो रङ ।'
झन्डै अठार वर्षअघि चलाएको पहिलो वाकम्यानको बारेमा ३३ वर्षे विमानले बिर्सिसकेका रहेछन् । गत साता फुर्सद मिलेको मौका छोपेर स्टोरतिर छिरेका उनले आफ्नो पहिलो शान 'वाकम्यान' भेट्टाए । 'धुलै-धुलोले छोपेको रहेछ । पुछपाछ गरेर चेक गरेको त बज्यो,' ठमेलस्थित नेपा म्युजिक पसलका प्रमुख समेत रहेका उनले भने ।
नौ कक्षामा पढ्दा सो वाकम्यान हङ्कङबाट उनका बुबाले ल्याइदिएका थिए । 'शान नै अर्कै नि,' विमान (विरुमान प्रजापती) हाँस्दै भन्छन्, 'क्लासमा सानो स्पिकर लगेर समेत साथीहरुलाई गीत सुनाइयो ।' शान किन नहोस्, उनको स्कुलमा एमदमै कम विद्यार्थीसँग वाकम्यान थियो । त्यसैले, साथीहरु पिकनिक जाने समय उनी कहाँ वाकम्यान माग्न आउँथे ।
दुई दशक अघि नेपालमा भित्रिएको वाकम्यानले जुलाई १ मा ३१ औं जन्मोत्सव मनाइसकेको छ । सन् १९७९ मा सोनी ब्रान्डले वाकम्यानमार्फत पोर्टेबल (जता पनि आफैसँग लग्न मिल्ने) म्युजिक प्लेयरको युग सुरु गरेको थियो । हेडफोनबाट म्युजिक सुन्न मिल्ने वाकम्यानदेखि सुरु भएको यो प्राविधिक युग आइपडसम्म आइपुग्दा म्युजिक सुन्ने ट्रेण्डमा पनि बदलाव आएको छ ।
'अहिले हामी जहाँ पनि म्युजिक आफैसँग लैजान सक्छौं,' विमान भन्छन्, 'वाकम्यानदेखि आइपडसम्म आइपुग्दा हाम्रो फोनबाट सिधै गाना डाउनलोड गर्न सक्छौं ।' स्कूले जीवनमा वाकम्यान प्रयोग गरेका उनले कलेजमा डिस्कम्यान प्रयोग गरे । उनले डिस्कम्यान किन्दा दर्जन जति सिडि पनि नेपाल भित्रेको थिएन । त्यतिबेला भर्खर 'रङ्गिला' हिन्दी फिल्मको सिडि बजारमा आएको थियो । 'साथीहरुलाई बोलाएर डिस्कम्यानमा फिल्मको गीत सुनाएको थिएँ,' उनले ती दिन सम्झेर हाँस्दै भने ।
उनलाई यति छिटै प्रविधिले छलाङ मार्ला भन्ने लागेको थिएन । 'वाकम्यान यति छिटो एन्टिक बन्ला भन्ने सोचेको थिइन,' विमानले भने । उनका ती वाकम्यान, डिस्कम्यान, भिडियो डिस्कम्यान, मिनी डिस्क प्लेयर र पुराना मोबाइल सजाउनको लागि मात्र घरमा छन् । हाल उनी आइपड र आइफोन पालै पालो चलाइरहेका छन् ।
आठ वर्षअघि नेपा म्युजिक पसल सुरु गर्दा उनले कुनै अडियो क्यासेट राखेनन्, सिडि मात्र । 'क्यासेट छिटै डेड हुन्छ भन्ने पक्का थियो । तर, सिडिले पनि यति छिटो बजार गुमाउला भन्ने लागेको थिएन,' विमानले थपे ।
ताल म्युजिकका प्रबन्ध निर्देशक तथा मोडल अस्लम खान डिजे विमानको भनाइ सोह्रै आना सही मान्छन् । भन्छन्, 'दुई हजार सिडि बिकाउन पनि मुस्किल परेको छ । क्यासेटको त कुरै नगरौं, ९९ प्रतिशत बजार घटिसक्यो ।' तर यसबाट श्रोता घटेको निष्कर्षचाहिँ निकाल्न सकिँदैन । क्यासेट/सिडिको विक्रि घटेपनि म्युजिक सुन्ने श्रोतामा भने वृद्धि भएको छ । अस्लम भन्छन्, 'म्युजिक बिना बाँच्नै नसक्ने पुस्ता हो यो ।' हात-हातमा उत्कृष्ट क्वालिटीको म्युजिक प्लेयर सहितका मोबाइल, आइपड, आइफोन बोक्ने नेपाली युवा पुस्तातिर संकेत गर्दै उनी भन्छन्, 'नयाँ प्रविधिबाट म्युजिक सुन्नेको संख्या दिन प्रति दिन बढ्दो छ ।'
बायाँबाट डिजे विमान, धीरज राई र अस्लम खान ।
त्यसो भए बदलिएको म्युजिक सुन्ने बानीले नेपाली म्युजिक कम्पनीलाई घाटा भएको हो त ? 'होइन, नेपाली म्युजिक कम्पनीहरुले नयाँ प्रविधिको प्रयोग गरेर फाइदा लिन नजानेको मात्र हो,' अस्लम भन्छन्, 'नयाँ प्रविधिले सुन्नेलाई जति सजिलो बनाइदिएको छ, बेच्नेलाई पनि त्यतिकै सजिलो छ ।' श्रोताले इन्टरनेटबाट म्युजिकको ब्यापार गर्नेलाई ग्रामोफोनझै सिडि प्लेयरहरु 'शो' को लागि मात्र घर/ कम्पनीमा राखिन लागेको उनी बताउँछन् । त्यसैले ताल म्युजिकबाट एल्बम निकाल्न कम गर्दै लगेको जानकारी उनले दिए । 'बजार नै छैन । घाटा खानलाई किन एल्बम निकाल्ने ?' उनी भन्छन् । यो जमानामा सिडि निकाल्नु उनलाई 'पाइरेसी गर भनेर स्वीकृति दिएको' लाग्छ । 'फ्रि मा म्युजिक पाउँछ भने कसले किन्छ ?' प्रश्न गर्दै उनले भने, 'त्यसैले कानुनी रुपमा इन्टरनेटमार्फत गीतको खरिदविक्रीको व्यवस्था मिलाउनु पर्छ ।'
इन्टरनेटबाट म्युजिक डाउनलोड गर्दै आइफोन र मोबाइलमा गीत सुन्ने अस्लमले चार वर्ष अघि किनेको आफ्नो आइफोनमा नै बीस हजार गीत रहेका बताए । उनले नोकिया इ-सिरिज मोबाइलबाट मनपरेका नयाँ पुराना गीत समेत डाउनलोड गर्ने गर्छन् । 'संसारको कुनै कुनाबाट म्युजिक किन्न र बेच्न प्रविधिले सजिलो बनाइदिएको छ । त्यसैले, नेपाली म्युजिक कम्पनीले आ-आफ्नो वेबसाइटमा गीत राखेर सिआरबिटि/पिआरबिटीको रुपमा मात्र भए पनि उपभोक्तालाई सक्दो बढी बेच्ने जुक्ति गर्नुपर्छ,' उनले भने । मोबाइल रिङटोनको लागि डाउनलोड हुने सिआरबिटि/पिआरबिटी प्रविधिले कम्पनी र कलाकार दुवैलाई सहयोग पुर्याउने अस्लमको ठहर छ ।
गायक धिरज राई पनि प्रविधि सँगै म्युजिक सुन्ने टे्रण्ड बदलिएको स्विकार्छन् । 'क्यासेट र सिडि एउटै नबिक्ने अवस्था छ,' उनले भने, 'यतिबेला हामीलाई अप्सन भनेको रिङटोन नै हो ।' इन्टरनेटले श्रोतालाई म्युजिकमा सबैतिरबाट पहुँच बढाइदिएकोले कम्पनी र कलाकारले गीत बेच्न प्रविधिको प्रयोग गर्न जान्नु पर्ने उनी बताउँछन् ।
'यहाँबाट अपलोड गर्यो भने विदेशमा रहेका नेपाली दाजुभाइले एकैछिनमा सुन्न पाउँछन्,' उनले भने, 'फेरि बाहिरबाट डाउनलोड भएपछि हामीलाई थप फाइदा पनि हुन्छ ।' भर्खर निकालेको 'ट्वीन्टी इयर्स' एल्बममा समावेश उनको 'कि बाँच्न देऊ..' बाहेक अरु गीत रिङटोनमा पाइन्छन् । 'लुकी लुकी...', 'सेक इट् सेक इट्...', 'तिमी रुँदा...' जस्ता पुराना उनका हिट गीत पनि रिङटोनका साथै डाउनलोडका लागि इन्टरनेटमा उपलब्ध छन् ।
प्रविधिको विकाससँगै म्युजिक सुन्ने बानी व्यवहारमा आएको बदलाब नजिकबाट नियाल्दै आएका डिजे विमान अचम्मित छन् । कुनै समय सुर-सुधाको अटोग्राफ भएको 'इमेजेज अफ नेपाल' लाई पैतिस सयमा बेचेका उनले त्यही सिडि अहिले तीन सच पचास रुपियाँमा बेचिरहेका छन् । 'सोच्न पनि सकिँदैन, भविष्यमा म्युजिक सुन्ने बानीलाई प्रविधिले कसरी परिवर्तन ल्याउला भनेर,' विमान भन्छन् । त्यसैले बेलामौकामा उनले साथीसंगीलाई 'बाँच्नु मात्र पर्छ, अझै के के हेर्न पाइन्छ' भन्ने गरेका छन् ।
Channel No 6
Posted on 1:59 PM
Labels:
chicago nepal
,
Full Nepali movies for free
,
google hindi channel
,
hindi channel no6
Hindi live F.M. channel and music
Posted on 11:37 AM
Labels:
chicago nepal
,
Download/listen Hindi mp3 aisa kyon hota
,
google hindi channel
,
hindi live channel and F.M
,
Nepali music online
You can tune to the channel no listed in green....other number listed in blue are coming pretty soon
Hindi FM Channels
1 | 2 | 3 | 4 | 5 | 6 | 7 | 8 | 9 | 10 | 11 | 12 | 13 | 14 | 15
16 | 17 | 18 | 19 | 20 | 21 | 22 | 23 | 24 | 25 | 26 | 27 | 28 | 29 | 30
31 | 32 | 33 | 34 | 35 | 36 | 37 | 38 | 39 | 40 | 41 | 42 | 43 | 44 | 45
46 | 47 | 48 | 49 | 50 | 51 | 52 | 53 | 54 | 55 | 56 | 57 | 58 | 59 | 60
61 | 62 | 63 | 64 | 65 | 66 | 67 | 68 | 69 | 70
Subscribe to:
Posts (Atom)